ताप्लेजुङमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ।
मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था र मतदान स्थलको अवस्था बारे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र सुरक्षा अधिकारी सहितको टोलीले जानकारी लिएको छ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिने भएको छ।
सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभएको छ।
पाँचथरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यहाँका १ सय ७७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित पुगेका कर्मचारीले मतदानस्थलको व्यवस्थापनसँग आवश्यक तयारी थालेका छन्।
कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकास राणाको स्वर समेटिएको छ।
मतदान हुने पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाबाट मेयरका उम्मेदवार सुरज पाण्डेसहित १७५ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले यस पटकको निर्वाचन जितेपछि अर्को पटक उम्मेदवार नबन्ने बताउनुभएको छ । बिहीबार देवचुलीमा भएको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आयोजक नेपाल एपीएम प्रालिका आशिष् महता र नेपालकी इन्दिरा पराजुलीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अतिसंवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाइ गस्तीको समेत प्रबन्ध गरिएको बताउनुभएको छ ।
काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका कुमार श्रेष्ठले समर्थन गर्नुभएको छ।
दुई दिन अघिमात्र गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट बर्खास्तमा पर्नुभएका कुमार खड्काले आफू नेपाली कांग्रेसमै रहेर संन्यास लिने इच्छा व्यक्त गर्नुभएको छ ।