• १३ असोज २०८१, आइतबार

‘नखरा कबुल’ सार्वजनिक (भिडियो)

blog

काठमाडौं, मंसिर १ गते। कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा गायक विकास राणाको स्वर समेटिएको छ। 

नारायण नेपालको शब्द रहेको गीतमा शशीविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन  गर्नुभएको छ। 

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काले  फिचर्ड गर्नुभएको छ। बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको हो।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हाँस्यौ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए।