• १३ असोज २०८१, आइतबार

संघीय निर्वाचन : मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय (भिडियोसहित)

blog

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी।

काठमाडौं, कात्तिक ३० गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो। 

यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहनुभएका भण्डारीले भिडियो सन्देशमार्फत् यो विषय जानकारी गराउनुभएको हो । यसअघिका निर्वाचनमा मतदानअघिको ४८ घण्टाको समयावधिलाई ‘मौन अवधि’ भन्ने गरिएकोमा अहिले स्थिर अवधि भनिएको छ । 

भिडियो : निर्वाचन आयोग