यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार महतो विजयी हुनुभएको छ ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन । चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।
इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ ।
वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको पश्चिम नवलपरासीको हुलाकी सडकको गोपीगञ्ज त्रिवेणी खण्ड अहिले अस्तव्यस्त छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि संघर्ष गर्दै हुनुहुन्छ ।
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।
काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौंमा वितरण सुरु हुने भएको छ ।
२०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका छन् । विजयी हुनेमा दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभामा रहेका छन् ।
कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होर्डिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारले एक सय भोट पनि पु-याउन सकेनन्। खासगरी विभिन्न साना पार्टीका र स्वतन्त्र उम्मेदवारले निर्वाचनमा सय भोट पनि पाउन नसकेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएकामध्ये दैलेखमा १७ जना उम्मेदवारको जमानत जफत भएको छ। दैलेखमा प्रतिनिधि सभाका दुई तथा प्रदेश सभाका चार निर्वाचन क्षेत्र छन्। दैलेख–१ मा प्रतिनिधि सभातर्फका आठ जना उम्मेदवारमध्ये पाँच जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेमा मजदुर किसान पार्टीका प्रकाश गुरुङ, नेपाली कांग्रेस (बीपीका) भूपालबहादुर थापा, स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेकपा (एमाले)बाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बन्नुभएका गोपाल नेपाली र सत्ता गठबन्धनबाट विद्रोह गर्नुभएका निरखबहादुर थापा रहनुभएको छ।
बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ । राठोरले नेकपा(एमाले)का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो ।