इलाम १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शम्शेर राई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का दिपककुमार थेवेलाई ५ सय ४१ मतान्तरले पराजित गर्नुभयो ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क)मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । सिंहले १५ हजार ६९३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार महतो विजयी हुनुभएको छ ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन । चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।
इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ ।
वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको पश्चिम नवलपरासीको हुलाकी सडकको गोपीगञ्ज त्रिवेणी खण्ड अहिले अस्तव्यस्त छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि संघर्ष गर्दै हुनुहुन्छ ।
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।
काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौंमा वितरण सुरु हुने भएको छ ।
२०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका छन् । विजयी हुनेमा दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभामा रहेका छन् ।
कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होर्डिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ ।