• १३ असोज २०८१, आइतबार

नवलपरासीको अस्तव्यस्त हुलाकी सडक

blog

राष्ट्रिय गौरवका आयोजना मध्य नवलपरासी खण्डमा बन्न लागेको हुलाकी सडक तस्विर - गोपी ज्ञवाली ।

गोपी ज्ञवाली 

नवलपरासी, मंसिर १२ गते । वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको पश्चिम नवलपरासीको हुलाकी सडकको गोपीगञ्ज त्रिवेणी खण्ड अहिले अस्तव्यस्त छ । 

हुलाकी सडकको परासीदेखि बर्दघाटको नारायण चोकसम्मको सडक लामो समय लगाएर निर्माण भएको भए पनि अहिले नारायण चोकदेखि त्रिवेणी (रानीनगर)सम्म यात्रीहरुलाई सास्ती भोग्नुपरेको छ । 

लामो समयसम्म निर्माणकार्य भइरहँदा बर्दघाटको नारायणचोकदेखि सुस्ताको रानीगञ्जसम्मका स्थानीयवासीलाई दैनिकजसो धुलाम्मे सडकमा हिँड्नुपर्ने बाध्यता रहेको प्रतापपुर गाउपालिका बेलास्पुरका स्थानीयवासी महेन्द्रकुमार कुशवाहले बताउनुभयो । 

नारायण चोकदेखि रानीनगरसम्म १५ किलोमिटर दूरी रहेको सडक खण्डमा निर्धारित समयमा निर्माणकार्य नसकिँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । 

वि.सं. २०७३ देखि निर्माणकार्य शुरु भएर दुई वर्षमा निर्माण हुुनुपर्नेमा ६ वर्ष भइसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।