• ११ पुस २०८१, बिहिबार

तमोर नदीमा दुई महिलाको शव फेला

blog

तमोर नदी । फाइल तस्बिर ।

कविराज घिमिरे 

हिले, असोज १३ गते । मुलघाटस्थित तमोर नदीमा शव भेटिएको छ । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो । 

शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । केही दिन यताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको छ । 

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिब ८ः३० बजे शव भेटिएको हो । शव भेटिएको स्थान मूलघाटदेखि करिब १ किलोमिटर पश्चिममा छ । 

त्यस्तै, चौबिसे गाउँपालिका ४ स्थित फलामेटारमा तमोर नदीमा एक महिलाको शव भेटिएको छ । आजै बिहान करिब ११ बजेट शव भेटिएको जानकारी प्राप्त भएको छ । अहिले घटनास्थलमा तेह्रथुम वसन्तपुरवाट सुरक्षाकर्मी टोली गइरहेको छ ।