नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ । एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको हो ।
घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ।
शशिधर पराजुलीविराटनगर, भदौ १८ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले दलबीच केही दिनभित्रै सहमति बन्ने जानकारी दिनुभयो। ‘‘गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ। तर, सबै दलले आ–आफ्ना अडान राखिराखेका छन्,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘केही दिनभित्रै सहमतिमा यो विषय टुंगिन्छ।’’ गठबन्धनमा रहेको दलको हिसाबमा एकीकृत समाजवादीले पाउने सिट संख्याको बारेमा भने अध्यक्ष नेपालले स्पष्ट जवाफ दिनुभएन। उहाँले भन्नुभयो, ‘‘तपाईँहरुले मिडियामा ४० सिट भनेर लेख्नुभएको छ, कसैले ३० भनेका छन्, त्यो ५० पनि हुनसक्छ, १५, १०, एक वा नहुन पनि सक्छ।’’ नेपालले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने धारणा आफूले राखेको प्रष्ट पार्नुभयो। अध्यक्ष नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको र तत्काल माओवादीसँग एकता पनि नहुने बताउनुभयो। एकीकृत समाजवादी निकट कर्मचारीको विराटनगरमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा पार्टीले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताउनुभयो। ‘‘समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित गर्छौं,’’ उहाँले भन्नुभयो।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक व्यवस्थामा जनताको बलमा सरकार बन्ने भए पनि अहिलेको सरकारलाई सर्वोच्च अदालतको परमादेशले बनेकाले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक पर्यटकले यो क्षेत्र चलायमान भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशका लागि नयाँ काम दिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा शनिबार उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ ।
गत वर्ष कात्तिक २१ गते सुर्खेतकी सात वर्षीया बालिका सामूहिक बलात्कारको शिकार हुनुभयो । उहाँको बलात्कार मात्र होइन, निर्मम तरिकाले हत्या भयो । नाता पर्ने तीन जना दाजुभाइबाट उहाँ बलात्कृत हुनुभएको थियो । ती दाजुभाइले हत्या पछि बलात्कार गरेको प्रहरीको भनाइ छ ।
इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ ।
प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संसदमा प्रस्तुत भएको मिडिया विधेयक सञ्चारमैत्री बनाउनुपर्ने बताउनुभएको छ । बागलुङबाट प्रकासन सुरु भएको हिडनखबर अनलाइनको भर्चुअल उद्घान गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । विधेयक सञ्चारमैत्री नरहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा युवाहरुलाई दर्शकको रुपमा नभइ बुथको रक्षकको भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
काठमाडौं, भदौ १८ गते। नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केही नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको हो।कांग्रेस सभापति एवम् प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा ‘विप्लव’ समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कंञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियारलगायत नेता कांग्रेस प्रवेश गर्नुभएको हो। त्यसैगरी नेकपा काठमाडौं–कंञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारसहितका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसका प्रवेश गर्नुभएको हो।कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उहाँहरु कांग्रेस प्रवेश गर्नुभएको हो।
पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७ कोरोना परीक्षण गर्दा दुई सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्वको अन्तिम तथा महत्वपूर्ण दिन आज व्रतालु महिलाले दूर्वाष्टमी व्रत बसी मनाउँदै छन् । यस दिनलाई अठवाली पनि भन्ने गरिएको छ ।