• ५ असोज २०८१, शनिबार

राम कार्की ओखलढुंगाबाट केन्द्रको एकल उम्मेदवार

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ १८ गते। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ। 

शनिबार बसेको बैठकले कार्कीलाई संघीय प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेर पठाएको जिल्ला संयोजक निशान्त शर्माले जानकारी दिनुभयो। प्रतिनिधिसभा समानुपातिकतर्फ आशादेवी कार्कीको नाम सिफारिस गरिएको संयोजक शर्माको भनाइ छ।  

त्यसैगरी प्रदेशसभाका लागि प्रदेश (क) बाट प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ। रामकुमार कार्की, नरेन्द्र खतिवडा र खुदबहादुर खत्री प्रदेश सभाका लागि सिफारिस हुनुभएको हो। 

  त्यसैगरी प्रदेश (ख) बाट प्रदेश सभा प्रत्यक्षतर्फ बाबुराम गौतम, मोहनकुमार खड्का (हिमशिखर) र खड्ग योगी (अनिल) लार्ई उम्मेदवार सिफारिस गरिएको माओवादी केन्द्र ओखलढुङ्गाले जनाएको छ। यसअघि कार्की झापाबाट संघीय सांसद बन्नुभएको थियो। त्यसैगरी २०७४ को निर्वाचनमा मोहन खड्का प्रदेश (ख) बाट प्रदेश सभा सदस्य निर्वाचिन हुनुभएको थियो। ओखलढुङ्गामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच गठबन्धन हुने चर्चा छ।