• १४ असार २०८१, शुक्रबार

नेपालको बिकासमा भारतको सहयोग उल्लेख्य : गृहमन्त्री खाण

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, भदौ १८ गते । गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ । 

रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको भवन तथा प्रयोगशालाको शनिवार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । सहयोगका लागि उहाँले भारत सरकारलाई धन्यवाद पनि व्यक्त गर्नुभयो । 

एउटा गतिशील मुलुकको रुपमा नेपाल अघि बढिरहेको र नेपाल–भारत असल छिमेकी देश समेत भएको प्रस्ट पार्दै दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुुभयो । ‘नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो छ, जनस्तरदेखि नै बलियो सम्बन्ध छ’ उहाँले भन्नुुभयो । 

त्यस्तै, गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको चर्चा गर्दै नेपाली जनतालाई सबल, सक्षम बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुुभयो । 

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले सो बिद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण उपलब्धी भएको बताउनुुभयो । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको उल्लेख गर्दै नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको बताउनुुुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुुभयो । बिद्यालय भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो ।