आफ्नै श्रीमतीलाई हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पुतली बजार नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय गोपाल दमईले ४२ बर्षीया श्रीमती मञ्जु दमईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएको सय दिन पूरा भएको छ। पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी महानगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछिपोखरीस्थित रोसाभञ्ज्याङ प्राविको जग्गा व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गा धनीले अर्कै ठाउँको जग्गा विद्यालयलाई पास गरिदिएपछि विद्यालयको जग्गा चाहिँ व्यक्तिकै नाममा रहेको पाइएको हो । रोसाभञ्ज्याङ प्रावि वि.सं. २०४५ मा स्थापना भएको हो । स्थानीय ओमबहादुर थापा (राजन) ले निःशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको थियो । २०७२ जेठ २८ गते जग्गा पास गरियो तर कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।
दोलखाको शैलुङ गाउँपालिका कार्यालय पुग्ने सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङ्गेसम्म पुग्ने सडक निर्माण कम्पनीले अलपत्र पार्दा मुडे हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावतमा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । सडकको दुरवस्थाका कारण कार्यालय आउजाउ गर्न समस्या भएको जनसचेतना सहकारीमा कार्यरत सन्तोष भुजेलले बताउनुभयो । कतिपय स्थानमा हिलोले मोटरसाइकल धकेलेर यात्रा गर्नुपर्ने अवस्था छ कार्यालय पुग्दा आफूले लगाएको कपडा र जुत्ता हिलोले हेरिनसक्नु हुने गरेको उहाँले गुनासो गर्नुभयो । सडक जीर्ण भएकाले शैलुङ क्षेत्रमा उत्पादित तरकारी बजार पु-याउनै समस्या भएको र ढुवानी लागत बढेकाले तरकारीको उचित मूल्य पाउन नसकेको किसानको भनाइ छ ।
गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड गरेको छ । सरकारी क्याम्पसको स्तर घट्दै गएको र क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक अवस्था सुधार गर्ने लक्ष्यले नगरपालिकाले सहयोग गरेको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर एकीकृत विकासको नमुना सहर बन्न सक्ने बताउनुभएको छ । शनिबार चितवनको भरतपुर महानगरपालिका केन्द्रित कार्यक्रममा बोल्दै प्रचण्डले भरतपुरले गरेको विकास देशका अन्य सहरको लागि नमुना बन्नसक्ने बताउनुभएको हो । उहाँले नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुरमा आयोजना गरेको मुख्य सहरी क्षेत्रको विद्युत्को वितरण प्रणाली भूमिगत गर्ने आयोजनाको गैँची चलाएर शिलान्यास गर्नुभयो । यस्तै उहाँले भरतपुर–२७, मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नतिका लागि ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभएको थियो । भूमिगत विद्युतीकरण परियोजनाले विद्युत् प्रणालीको गुणस्तर वृद्धि गर्नुका साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभएर सहरको सौन्दर्यीकरणका लागि महत्वपूर्ण हुने उहाँले बताउनभयो ।
कक्षा १२ विद्यालय तहको अन्तिम खुट्किलो हो। यसले विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्छ। शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक भयो। सार्वजनिक नतिजाअनुरूप जम्मा ४८ प्रतिशत मात्र समग्र रूपमा उत्तीर्ण भएका छन्। गत जेठ १६ गतदेखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित, ग्रेडवृद्धि तथा आंशिकसमेत गरेर झन्डै चार लाख विद्यार्थी सामेल भएका थिए। शुक्रबार सार्वजनिक नतिजाअनुसार झन्डै ५८ हजार विद्यार्थी अघिल्लो चरणको अध्ययन अर्थात् स्नातक तहको अध्ययन गर्न सक्षम हुने छैनन्। साथै उनीहरूले ग्रेडवृद्धिसम्बन्धी परीक्षामा समेत सहभागी हुन पाउने छैनन्। सार्वजनिक यो नतिजाले मुलुकको पठनपाठनको अवस्थाका सम्बन्धमा गम्भीर चिन्ता र चासो उत्पन्न गरेको छ। छलफल र बहसको नयाँ शृङ्खला नै आरम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
हाम्रा नीतिमा भनिएको छ, “विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्। पात्रत्वाद् धनमाप्नोति धनाद्धर्म ततः सुखम्।।” अर्थात् विद्याले विनयशील बनाउँछ, विनयताले सत्पात्र निर्माण गर्छ। सत्पात्र भएपछि धनार्जन हुन्छ भने धनले धर्मतिर प्रवृत्त गराउँछ। त्यसपछि मानिसलाई सुख प्राप्त हुन्छ। विद्या भनेको यस्तो हुनुपर्ने हो। धर्म भन्नाले आजभोलि मन्दिर जाने र कर्मकाण्ड गर्नुलाई मात्र बुझ्न थालिएको छ तर यहाँ भने धर्मचाहिँ गर्न हुने काम हो भन्ने बुझाइ हराउँदै गएको छ। गर्न नहुने कामलाई अधर्मका रूपमा परिभाषित गरिएको छ। पढेका मान्छेले त्यही धर्म अर्थात् गर्न हुने र नहुने कामका बीचमा भेद छुट्याएर आफूलाई धर्मानुकूल बनाए मात्रै पढेको सार्थक हुन्छ।
अबको सिकाइ प्रक्रिया भनेको अब्बल शिक्षकको ज्ञान, सीप र प्रविधिबाट आरम्भ हुने हो। यसका लागि शिक्षक निरन्तर अध्ययनशील, प्रविधिअनकूल र तालिमप्राप्त हुनु जरुरी छ। आजको युगमा प्रत्येक पल–पलमा नयाँ–नयाँ विधि र प्रविधिको प्रयोगका साथ नयाँ ज्ञान र सीपको विकास भई नै रहेको छ। बढ्दो प्रविधिको प्रयोगसँगै इन्टरनेटको विस्तार र स्मार्ट फोनको पहुँचले गर्दा आजका शिक्षकभन्दा विद्यार्थी बढी सूचनाप्रद र नयाँ सिर्जित ज्ञान र सीपयुक्त बन्दै आएका छन्। डेस्कटप ल्यापटप, कम्प्युटर, ट्याबलेट जस्ता उपकरणले आधुनिक सूचना र प्रविधिको क्षेत्रले निकै ठूलो फड्को मारिसकेको छ।
नेपालजस्ता विकासशील देशको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा हुने गर्दछ । प्रतिव्यक्ति आयका साथै समग्र विकासका लागि आर्थिक वृद्धिदर बढ्नुपर्ने हुन्छ। नेपाल सरकारले बजेट वक्तव्यमा प्रायःजसो उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको हुन्छ तर औसतमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतको आसपासमा नै रहँदै आएको छ। चालू आर्थिक वर्षका लागि नेपाल सरकारले बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ।
राजनीतिक दलले अबको शक्ति प्रदर्शन आफ्नै गाउँघरका खेतबारी, डाँडापाखा, भीरपहिरोमा गर्नुपर्ने आवश्यक छ। सामाजिक अभियन्ताले पनि खेतीपातीको समयमा गाउँघरमा नै गएर कृषि उत्पादनको काममा सेवा पु-याउनुपर्छ। बूढेसकालमा आमाबाबुले छोराछोरी खोजेजस्तै अहिले हाम्रा गाउँघरले आफ्ना युवा छोराछोरीलाई खोजेको छ। गाउँघरको विकासका लागि गाउँमा युवाशक्तिको खाँचो छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराष्ट्रसेवकलाई नीति निर्माण क्षेत्रमा जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ। प्रशासन, व्यवस्थापन र विकास केन्द्रको २०औँ साधारण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले पूर्वराष्ट्रसेवकको ज्ञान, सीप र दक्षतालाई राष्ट्रको नीति निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभएको हो। कांग्रेसले पूर्वप्रशासक, व्यवस्थापकसहित विभिन्न क्षेत्रमा नेतृत्व गर्नुहुने पूर्वराष्ट्रसेवकका लागि मञ्च सिर्जना गर्ने बताउँदै उहाँले यसका लागि पार्टीमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बाढीपहिरोले क्षति पु-याएका चार स्थानीय तहले आपत्कालीन संरक्षणका लागि रकम पाउने भएका छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निकासा दिने निर्णय गरेसँगै चार स्थानीय तहले आपत्कालीन संरक्षणका लागि बजेट पाउने भएका हुन्। कार्यकारी समितिको १५औँ बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पेस गर्नुभएको प्रस्ताव पारित गर्दै रकम निकासा गर्न स्वीकृति दिनुभएको हो। सो रकम विपत् व्यवस्थापन कोषबाट निकासा हुने तय भएको प्राधिकरणले जनाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताउनुभयो । “सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भन्नुभयो ।
जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।