• १३ असार २०८१, बिहिबार

सरकारी क्याम्पस सुधार गर्न एक करोड सहयोग

blog

तम्घास, भदौ १९ गते ।  गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड गरेको छ । सरकारी क्याम्पसको स्तर घट्दै गएको र क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक अवस्था सुधार गर्ने लक्ष्यले नगरपालिकाले सहयोग गरेको हो । 
साउन अन्तिम साता सञ्चालक समितिले आर्थिक सङ्कटकाल घोषणा गरेको थियो ।

गुल्मी मात्र नभएर आसपासका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरेको नगरप्रमुख खिल ध्वज पन्थीले बताउनुभयो । क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढङ्गबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले उद्घोष गर्नुभएको हो  ।

क्याम्पसमा विभिन्न पार्टीमा क्रियाशील प्राध्यापकहरू छन् उनीहरूको कटौती विना क्याम्पसको आर्थिक दायित्व घट्दैन, के गर्नुहुन्छ ?’ भन्ने गोरखापत्रकर्मीको  प्रश्नमा नगरपालिका प्रमुख पन्थीले आफू निर्मम बन्ने दाबी गर्नुभएको छ  । कुनै राजनीतिक पार्टी, नातागोता, इष्टमित्र र कुनै बहाना नदेखाई प्राध्यापक र कर्मचारी कटौतीमा सहयोग गर्ने सङ्केत उहाँले गर्नुभएको छ । 
Author

तिलाचन पाण्डे