• १३ असार २०८१, बिहिबार

पूर्वराष्ट्रसेवकलाई ‘मञ्च’ दिइने

blog

काठमाडौँ, भदौ १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराष्ट्रसेवकलाई नीति निर्माण क्षेत्रमा जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ।  प्रशासन, व्यवस्थापन र विकास केन्द्रको २०औँ साधारण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले पूर्वराष्ट्रसेवकको ज्ञान, सीप र दक्षतालाई राष्ट्रको नीति निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभएको हो। 

कांग्रेसले पूर्वप्रशासक, व्यवस्थापकसहित विभिन्न क्षेत्रमा नेतृत्व गर्नुहुने पूर्वराष्ट्रसेवकका लागि मञ्च सिर्जना गर्ने बताउँदै उहाँले यसका लागि पार्टीमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सरकारी सेवाबाट बिदा लिएको जनशक्तिलाई राज्यले अवसर सिर्जना गरी उपयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सेवानिवृत्त उच्च तहका कर्मचारी, प्रशासकहरूले अवसर सिर्जना भए राज्यलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो।