काठमाडौं, भदौ १९ गते । भारतीय सेनाध्यक्ष जनरल मनोज पांडे आइतबार नेपालमा आइपुग्नु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पांडे आइतबार दिउँसो पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो। पाँच दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले प्रधानसेनापति शर्मासँग भेटवार्ता एवम् छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पांडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ।
काठमाडौं, भदौ १९ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि परिवर्तनका लागि सडकमा जाने बताउनुभएको छ। उहाँले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता परिवर्तनलाई उल्ट्याउन खोजिएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। यो विषयले आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको भनाइ पनि उहाँले जोड्नुभयो।अध्यक्ष दाहालले भन्नुभयो, “प्रदेश र सङ्घको निर्वाचनको संघारमा छौँ। अहिले जे प्रहार भइरहेको छ, विभिन्न कोणबाट यो परिवर्तन उल्ट्याउन। पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिरहेको छ, चुनावपछि यो परिवर्तन बदल्न म सडकमा जान्छु।”अब छिट्टै आन्दोलन समेत हुने भन्नुहुँदै उहाँले पार्टी सत्तामा हुँदा कमजोर सडकमा हुँदा सधैँ बलियो भएको तर्क राख्नुभयो। आन्दोलनको नेतृत्व पनि अरूले गर्नुभन्दा पहिले माओवादीले नै गरेर निरन्तरतालाई क्रम भङ्ग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।अध्यक्ष दाहालले विगतमा कम्युनिष्टलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने, समाजवादको ठोस भिजन एवम् श्रम र सांस्कृतिक रूपान्तरणमा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्यका साथ एमालेसँग वाम एकता गरिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “देशमा राजनीतिक स्थायित्व र समाजवादको लामो यात्रामा जान सकिन्छ। हाम्रा आग्रह, पूर्वाग्रह छोडिदिऊँ, त्यो मैले नै भनेको हो। तपाईंहरुलाई ठिक लाग्छ, लाग्दै त्यो सोध्ने अधिकार हो। तर, सचेत रूपले गरिएको हो।” विगतमा तत्कालीन ओली सरकारले गरेको संसद् विघटन लगायतका सबै घेराबन्दीको नेतृत्व गरेको दाबी उहाँले गर्नुभयो। उहाँले अहिले विश्वमा समेत राजनीतिक ध्रुवीकरण देखा परेको भन्नुहुँदै आत्मनिर्भर अर्थतन्त्रका निम्ति उत्पादन वृद्धिको हुनुपर्ने भनाइ राख्नुभयो।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित नान्टेसलाई ३–० गोलले हरायो ।
। प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ४५० जनाको कोरोना परीक्षण गर्दा १४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरिएको छ । एमाले क्षेत्रीय समन्वय कमिटीको आइतबार घोराहीमा बसेको बैठकले महासचिव पोखरेललाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेद्वार छनोट गरेर पठाएको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक ६.६८ अङ्क बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्क बढेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा आगामी एक वर्षभित्र मिर्गौला प्रत्यारोपण सेवा सुचारु हुनेभएको छ । बर्षभित्र मिर्गौला प्रत्यारोपण हुने व्यवस्था मिलाउन आइतबार एक कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र सेती प्रादेशिक अस्पतालबीच सम्झौता भएको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २४ फेन्सिङ खेलाडी छनोट भएका छन् ।काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलामा १२ गरी २४ जना खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको जानकारी सदनलाई गराउनुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्नुहुँदै सांसद लिङ्देनले प्रतिनिधिसभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो ।
नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको महासचिव समेत रहनुभएका चन्दले आइतबार संघको यही भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताउनुभएको छ । आइतबार महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।