नलेखी बस्नै नसक्ने तर लेखेको कुरा छपाउन रुचि नभएको लेखक हतपत पाइँदैन । काठमाडौँको कमलपोखरीमा विगत एक दशकदेखि यस्तै परिचय बनाएर बस्नुभएको छ उहाँ । सामाजिक सञ्जालमा आफ्ना सिर्जना राख्न भने प्रायः छुटाउनुहुन्न । लेखेर नथाक्ने साहित्यकारमा पर्नुहुन्छ उहाँ । सात वर्षको उमेरमै संस्कृतमा चार पङ्क्ति कविता सुनाएर मोहन समशेरबाट चार सय रुपियाँ नगद पुरस्कार पाएको हो उहाँले । नेपालीमा लेख्न थालेकै सात दशक नाघिसक्यो ।
छोरो हत्तपत्त घरमा बनाएको खाना खाँदैन । बाहिरबाहिरै केके खाएर आउँछ । म दिनदिनै गाली गर्छु, बाहिर नखा, होटलका खानेकुरा स्वस्थ्यकर हुँदैनन्, रोग लाग्छ । ऊ भन्छ, घरमा के छ र खानु ! त्यै दाल, त्यै भात, त्यै रोटी, त्यै बाबर, त्यै चाम्रे, त्यै गुन्द्रुक, त्यै फर्सी, त्यै घिरौँला, त्यै साग । मेरो त ब्लड पनि हरिऽऽऽयो भइसक्यो होला । म हाम्रा अर्गानिक खानाको महत्त्वबारे सम्झाउने प्रयास गर्छु तर सक्दिनँ । ऊ भन्छ, तपाईंहरू मलाई एक्काइस वर्षदेखि एउटै खानेकुरा कोच्याएको कोच्याइ हुनुहुन्छ । संसारमा खानेकुराका करोडौँ आइटम छन्, तपाईंहरू जम्मा तीनवटा खानेकुरा बनाउनुहुन्छ, दाल, भात, तरकारी । बिहान दाल, भात, तरकारी । बेलुका दाल, भात, तरकारी । सकभर दिउँसो पनि भुटीभात । यो दालभातको पिण्डबाट कहिले छुटकारा पाउने हो !
श्रीमतीको छाप्नै प-यो नत्र घरमा उधुम मच्चाउँछिन् सालीको छाप्नै प-यो नत्र रिसाएर बोल्नै छोड्छिन् झन् प्रेमिकाको त छाप्नै प-यो नत्र डेटिङमा जानै मान्दिनन्
यात्रामा गतिशील बन्न म सकूँ भेट्ने गरी आसन भन्ने भाव, प्रभावमा महकिलो ठोक्ने गरूँ भाषण । नेपाली ममचा बनून् दिनदिनै चम्चा र काँटा बनून् सारा सज्जन सेकुवासरि बनून् राम्रो मलाई भनून् ।।
हामी सामान्य अड्कल गरौँ त ? एउटा सानो विद्यालय जाने बच्चाले बोकेको किताबको झोला कति किलोसम्मको वजनको होला ? हामीलाई लाग्ला दुई÷चार किलो तर होइन, अहिले बालबालिकाले बोक्ने झोलाको वजन नौ केजीसम्म भएको पाइएको छ । उमेरअनुसार झोलाको तौल कति हुनुपर्ने भन्ने नेपालका कुनै पनि विद्यालयको मापदण्ड नहुँदा सानै उमेरमा बालबालिका विभिन्न खाले मनोरोगको समस्यासँगै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट समेत पीडित हुने देखिएको छ । यस्तो विषयको सबैतिरबाट विरोध पनि भइरहेको छ । विशेष गरी गाउँघरतिरका दुर्गम भेगका बालबालिका बिहानै गह्रँगो भोला बोकेर लामो बाटो विद्यालय जाने गर्छन् । उनीहरूको अवस्था विद्यालय पुग्दा र घर फर्किंदा ज्यादै नै पीडादायी हुने गर्छ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक कार्यसहित राजनीतिक क्षेत्रमा पहुँच स्थापित गराउन जातीय सङ्घसंस्था एक अभियान रहेको बताउनुभयो। तेली कल्याण समाज सप्तरीको नयाँ कार्य समितिको पदस्थापन समारोलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कुनै पनि समुदाय जबसम्म राज्यको मूल नीति राजनीतिक क्षेत्रमा स्थापित हुँदैन तबसम्म उक्त समुदायको विकास र पहिचान नहुने भएकोले तेली समुदायको विकास, पहिचान र समृद्धिको निम्ति राजनीतिमा स्थापित गरेर जानुपर्ने आजको आवश्यकता रहेको अर्थमन्त्री साहले औँल्याउनुभयो। गत भदौ ११ गते सम्पन्न जिल्लाको आठौँ अधिवेशनबाट सर्वसम्मत रूपमा चयन तेली कल्याण समाज जिल्ला कार्यसमिति, साह महिला समिति, साह शिक्षक कर्मचारी समितिका पदाधिकारीलाई अर्थमन्त्री साहद्वारा शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एक महिलासहित पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम शनिबार बसेको क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको हो । १ नं. क्षेत्रीय कमिटीले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्यद्वय रामेश्वर राना र कृष्णप्रसाद दाहालसहित पाँच जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा तीन जनाको नाम सिफारिस भएको छ ।
जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उहाँलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
एक करोडभन्दा बढीको लगानीमा दोलखाको भीमेश्वर नगरपालिकाको बजार क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न सुरु भएको छ । नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्न सुरु गरिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्ने ठेक्का सम्झौता भएअनुसार काम सुरु भएको हो । सामान आइसकेको छ । कोरोनाका कारण दुई वर्ष ढिला भए पनि जडान सुरु भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–१, बेल्घारीमा एकीकृत जग्गा विकासका लागि पूर्वाधार निर्माणसँगै स्थानीय उत्साहित भएका छन् । एकीकृत बस्ती विकासका लागि सहरी विकास तथा भवन कार्यालय, सिन्धुलीले डीपीआर तयार गरी अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ । करिब दुई सय बिघा नम्बरी जग्गालाई एकीकृत गरी बस्ती विकास सुरु गरिएको भवन कार्यालयले जनाएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त भएका छन्। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्लामा रहेका प्रमुख पार्टीहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दल उम्मेदवार छनोट र सिफारिस गर्न व्यस्त भएका हुन्।
भित्री मधेशको परशुराम नगरपालिका २ र ३ शीर्षगाउँमा बाढीले घर जमिन बगाएको १९ वर्षपछि पीडितले घरमा बस्न पाएका छन्। २०६२ सालको बर्खामा आएको बाढीले पूर्ण रूपमा विस्थापित ३२ घरपरिवारलाई नेपाल सरकारले नयाँ स्थानमा जग्गा खरिद गरेर घर बनाइदिएपछि पीडितले घरभित्र बस्न पाउनुभएका हुन्। बाढीले बगाउँदा शीर्षगाउँमा ३२ जनाको ज्यान गएको थियो भने ३५ परिवार पूर्ण रूपमा विस्थापित भएका थिए। हाल परशुराम नगरपालिका–४ को रातामाटी र ५ को परीगाउँमा पीडितका लागि घर बनाइएका छन्। एक परिवारलाई एक रोपनीसम्म जग्गा उपलब्ध गराई दुई कोठे घर निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका इन्जिनियर स्मारिका बमले जानकारी दिनुभयो। उहाँका अनुसार एक परिवारलाई चार लाख रुपियाँका दरले घर बनाइएको हो। घर निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा करिब एक करोड रुपियाँको लागतमा जग्गा खरिद गरिएको थियो।
जनताको सुरक्षामा खटिएका प्रहरी आफैँ पानी चुहिने घरमा बस्न बाध्य भएका छन्। उत्तरी चीनसँगको सीमाको यारी प्रहरी चौकीका प्रहरीहरू आफ्नै भवन नभएकाले भाडा लिएको माटोले छापेको घरमा बसेका छन्। प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताउनुभयो। चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेको छ। उहाँले यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएको बताउनुभयो। एकतले र माटोले छापेको घर भएका कारण पानी पर्दा एउटै कोठामा दसतिर पानी चुहिने समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
बुटबलको चरङ्गे साझेदारी वनमा हुर्कंदै गरेका सालका लाथ्रा काटिएका छन्। आफूहरूले निरन्तर गस्ती गर्दा पनि गस्तीटोलीको आँखा छलेर रुख काटिने गरेको शिवनगर सामुदायिक वनका कर्मचारीले बताएका छन्। सामुदायिक वनका पदाधिकारीसहितका सदस्यले निगरानी राखे पनि रुख काटिने क्रम रोकिएको छैन। ‘पटक पटक हामीले रुख काट्दै गरेको भेट्टाएर हतियार र डोको, नाम्लो खोसेका छौँ तर फेरि पनि आँखा छलेर काटिहाल्छन्,’ शिवनगर सामुदायिक वनका सदस्य रचना श्रेष्ठ भन्नुहुन्छ, ‘आँखा छलेर चोरी गर्नेलाई चिनेर पनि केही गर्न सकिएको छैन।’ ‘वन कार्यालयमा कर्मचारीको पनि कमी छ,