• १४ असार २०८१, शुक्रबार

स्मार्ट स्ट्रिट लाइट जडान सुरु

blog

दोलखा समाचारदाता

चरीकोट, भदौ १९ गते  । एक करोडभन्दा बढीको लगानीमा दोलखाको भीमेश्वर नगरपालिकाको बजार क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न सुरु भएको छ । नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्न सुरु गरिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्ने ठेक्का सम्झौता भएअनुसार काम सुरु भएको हो । सामान आइसकेको छ । कोरोनाका कारण दुई वर्ष ढिला भए पनि जडान सुरु भएको छ । 

भएका पुराना पोललाई समेत प्रयोग गरी करिब एक सयवटा पोल गाडिनेछ । स्मार्ट सडक बिजुली बत्तीको विशेषता बजारमा भीडभाड हुँदा चहकिलो र भीड नहुँदा मधुरो बल्ने गर्दछ । भीडभाडमा यसले सुरक्षाको अनुभूति पनि दिने नगरप्रमुख मानन्धरले जानकारी दिनुभयो । बसपार्क, सातदोबाटो, चरीघ्याङ, पाटीखोला, सिमपानी, चरीकोट बजार र नगरपालिकाको कार्यालयसम्मका मुख्य चोकहरूमा सडक जडान हुने उहाँले जानकारी दिनुभयो ।