नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ।
कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो ।
नेकपा (एमाले) ले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङको नाम सिफारिस गरेको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द गरेपछि डायलाइसिस गराउने विरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका विरामीहरु अलपत्र परेका छन् ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सिफारिस हुनुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सङ्घतर्फ तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । कांग्रेस तनहुँले उहाँलाई आइतबार सिफारिस गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) को काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ७ मा मुक्ति प्रधानको नाम सिफारिस भएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवाल (रुपेश) ले आइतबार एक भेलागरी प्रत्यक्षतर्फ प्रधान र संघीय समानुपातिकमा धनलाल महर्जनको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोलीको घोषणा गरेको छ । एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको छ।
बागलुङ नगरपालिकाका तात्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना कर्मचारीविरुद्ध ३४ लाख ८० हजार एक सय ३२ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ।
काठमाडौं, भदौ १९ गते । अभिनेत्री नम्रता सापकोटा अभिनीत नयाँ म्युजिक भिडियो 'कालो कोठी' सार्वजनिक गरिएको छ । गीतको भिडियो गायिका रानी शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वर रहेको छ । समीर राईको शब्द रहेको गीतमा विक्रम थापाको सङ्गीत छ ।भिडियोमा नम्रतासँगै सुधीर श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गर्नुभएको हो भने भिडियोको निर्देशक रायन कार्की हुनुहुन्छ ।
काठमाडौं, भदौ १९ गते । भारतीय सेनाध्यक्ष जनरल मनोज पांडे आइतबार नेपालमा आइपुग्नु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पांडे आइतबार दिउँसो पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो। पाँच दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले प्रधानसेनापति शर्मासँग भेटवार्ता एवम् छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पांडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ।