• १३ असार २०८१, बिहिबार

नम्रता र सुधिरको 'कालो कोठी'

blog

काठमाडौं, भदौ १९ गते । अभिनेत्री नम्रता सापकोटा अभिनीत नयाँ म्युजिक भिडियो 'कालो कोठी' सार्वजनिक गरिएको छ । गीतको भिडियो गायिका रानी शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतमा गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वर रहेको छ । समीर राईको शब्द रहेको गीतमा विक्रम थापाको सङ्गीत छ ।

भिडियोमा नम्रतासँगै सुधीर श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गर्नुभएको हो भने भिडियोको निर्देशक रायन कार्की हुनुहुन्छ ।