• १४ असार २०८१, शुक्रबार

पाँचथरबाट एमाले प्रतिनिधिसभा सदस्यमा नेम्वाङ सिफारिस

blog

एमाले केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङ । फाइल तस्बिर

राधा लुइटेल

फिदिम, भदौ १९ गते ।नेकपा (एमाले) ले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङको नाम सिफारिस गरेको छ। 

आइतबार बसेको जिल्ला कमिटी बैठकले पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहनु भएका नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो।

नेम्वाङ २०७४ सालमा पनि पाँचथरबाट सङ्घीय सांसदमा विजयी हुनुभएको थियो। मङ्सिर ४ गते हुने सङ्घीय निर्वाचनमा प्रतिनिधि सदस्यका लागि एमालेले पुनः नेम्वाङको नाम सिफारिस गरेको हो। 

यसैगरी प्रदेश निर्वाचन क्षेत्र क बाट जिल्ला अध्यक्ष राजकुमार भण्डारीको नाम सिफारिस भएको छ। प्रदेश निर्वाचन क्षेत्र ख मा भने प्रत्यक्षतर्फ अइन्द्रसुन्दर नेम्वाङ, कृष्ण आङदेम्वे र धनकुमार फियाक गरेर तीन जनाले दाबी गर्नुभएको छ। एमाले जिल्ला कमिटीले सर्वसम्मत एक जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बताएको छ।