• १३ असार २०८१, बिहिबार

गृहमन्त्री खाणकाे नाम रुपन्देहीका दुईवटा क्षेत्रबाट सिफारिस

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

लुम्बिनी समाचारदाता

लुम्बिनी, भदौ १९ गते। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाणकाे नाम रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएको छ । 

मंसिर ४ गते हुने निर्वाचनका लागि उहाँलाई रुपन्देही क्षेत्र २ र क्षेत्र ३ ले उम्मेदवारका लागि नाम सिफारिस गरेको हो। निर्वाचन क्षेत्र नम्बर २ बुटवल क्षेत्रमा पर्दछ। त्यस्तै ३ नम्बर भैरहवा क्षेत्र हो। क्षेत्रीय समितिको बैठकले गृहन्त्री खाणको नाम ३ बाट एकल रुपमा सिफारिस गरेको प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिनुभयो। 

दुई स्थानबाट नाम सिफारिस भए पनि उहाँ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।