• १३ असार २०८१, बिहिबार

गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको अध्यक्ष नेपालको दाबी

blog

विचार गोष्ठीमा धारणा राख्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, भदौ १९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ। 

आइतबार काठमाडौंमा आयोजित “समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभएको हो। 

गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनुभयो। अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टले कहिल्यै पनि भुल्न नहुने पटक-पटक दोहोर्‍याउनुभयो। 

उहाँले भन्नु भयो, “यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो। कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन। माओवादी पार्टी गणतन्त्रवादी भएतापनि त्यहाँ भित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो। हाम्रो पार्टी भित्र पनि विवाद भयो। २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो।”

उहाँले गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेको स्मरण गर्नुभयो।  नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो।