• १४ असार २०८१, शुक्रबार

नेता पौडेल तनहुँ क्षेत्र १ बाट सिफारिस

blog

अमरराज नहर्की

तनहुँ, भदौ १९ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सङ्घतर्फ तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । कांग्रेस तनहुँले उहाँलाई आइतबार सिफारिस गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्रीय प्रदेश समितिबाट सिफारिस भइआएका नामहरूमा जिल्ला सभापति जितप्रकाश आलेको अध्यक्षमा बसेको बैठकले छलफल र परामर्श गरी वरिष्ठ नेता पौडेललाई गण्डकी प्रदेश समितिमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । वाग्लेका अनुसार पौडेलसँगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय शङ्कर भण्डारी र गोविन्द भट्टराईलाई सिफारिस गरेको छ । 

क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय ध्रुव वाग्ले, प्रदीप पौडेल, जिल्ला सभापति जितप्रकाश आलेलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का विकलाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट सन्तोष घिमिरे र चन्द्रकला भट्टराईको नाम सिफारिस गरेको छ । 

कांग्रेसले प्रदेशतर्फको पनि प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको नाम सिफारिस गरेको छ ।