• १३ असार २०८१, बिहिबार

‘जातीय संस्था राजनीतिक सामाजिक अभियान’

blog

बोदेबर्साइन (सप्तरी) भदौ १९ गते । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक कार्यसहित राजनीतिक क्षेत्रमा पहुँच स्थापित गराउन जातीय सङ्घसंस्था एक अभियान रहेको बताउनुभयो। तेली कल्याण समाज सप्तरीको नयाँ कार्य समितिको पदस्थापन समारोलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

कुनै पनि समुदाय जबसम्म राज्यको मूल नीति राजनीतिक क्षेत्रमा स्थापित हुँदैन तबसम्म उक्त समुदायको विकास र पहिचान नहुने भएकोले तेली समुदायको विकास, पहिचान र समृद्धिको निम्ति राजनीतिमा स्थापित गरेर जानुपर्ने आजको आवश्यकता रहेको अर्थमन्त्री साहले औँल्याउनुभयो। गत भदौ ११ गते सम्पन्न जिल्लाको आठौँ अधिवेशनबाट सर्वसम्मत रूपमा चयन तेली कल्याण समाज जिल्ला कार्यसमिति, साह महिला समिति, साह शिक्षक कर्मचारी समितिका पदाधिकारीलाई अर्थमन्त्री साहद्वारा शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।