• १४ असार २०८१, शुक्रबार

थप दुई सय जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु

blog

काठमाडौं, भदौ १८ गते । पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७ कोरोना परीक्षण गर्दा दुई सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ९२ र दुई हजार १५६ एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३९ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै, हाल मुलुकमा दुई हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।