धुलिखेल अस्पतालले समुदाय र किसानलाई अस्पतालसँग जोडेर स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘शुक्रबारे हाटबजार’ सुरु गरेको छ ।
काठमाडौँ, असोज ७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि नेताहरुलाई जिम्मेवारी तोकेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ । यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव तथा कोशी प्रदेशमा सचिव राजकुमार राई र जयराम यादवलाई तोकिएको छ । पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यका साथै प्रदेश समितिसँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको तथा तोकिएका अभियानकर्मीले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । जसपा नेपालले चारमहिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज पाँचथरमा अभियानकर्मी अभिमुखिकरणको आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि जसपा नेपालले काठमाडौँ, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा अभियानकर्मीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ । रासस
भूकम्पबाट वासस्थान गुमाएका रुकुमपश्चिमका पीडितहरुको दैनिकी दयनीय बन्दै गएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताउनुभयो ।
पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गर्नुभएकाे छ ।
निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण एक हप्ता लामो बन्दपछि बङ्गलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबारदेखि कक्षामा फर्किएका छन् ।
स्वदेशी र बिदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ ।
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ ।
जमिनको नाममा ४–५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सीप छ । त्यसैले गन्धर्वहरुको जीविका चलाउने माध्यम सारङ्गी बन्ने गरेको छ ।
बेनी–जोमसोम सडक खण्डमा हुने कुनै पनि अवरोध तथा भवितव्यमा अग्रपङ्क्तिमा उभिने इन्द्रसिंह शेरचनलाई मुस्ताङमा सम्मान गरिएको छ । आधा शताब्दीदेखि निरन्तर चल्दैआएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो ।
कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् ।
भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा सामुदायिक भवन बनाउन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माणलगायतका काम गरेको छ ।
राप्ती खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका –१ चाइना क्वाटर बस्ने ४९ बर्षिया दीपक कार्कीको आइतबार दिउँसो मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।