• ११ असोज २०८१, शुक्रबार

मानव–वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै पोखरी

blog

देउखुरी समाचारदाता

देउखुरी, असोज ७ गते । लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माणलगायतका काम गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ । १३ वटा नयाँ संरक्षण पोखरी निर्माण गरिएको छ । वन्यजन्तुको वासस्थान नासिँदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मूल सुक्दा वन्यजन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी खोज्न वन्यजन्तुलाई बस्तीमा जान नपरोस् भनेर पोखरी बनाइएका हुन् ।”