• ११ असोज २०८१, शुक्रबार

सामुदायिक भवन बन्दै

blog

भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवनको शिलान्यास गरिदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ७ गते । भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा  सामुदायिक भवन बनाउन लागेको हो । 

समाजका अध्यक्ष क्याप्टेन मीनबहादुर केसीले तीन करोड रुपियाँको लागतमा निर्माण हुने सो भवन सात हजार १६५ वर्गफिट क्षेत्रफलमा रहने बताउनुभयो । क्षेत्री समाजले निर्माण गरे पनि सबै जातजातिले प्रयोग गर्न पाउने अध्यक्ष केसीले बताउनुभयो ।

भवन निर्माणका लागि लाग्ने बजेट सबै शुभेच्छुकसँग आर्थिक सङ्कलन गरेर बनाइनेछ भने समाजले भवन निर्माणको सहयोग गर्न सबैसँग अपिल गरेको छ । समाजका सदस्यहरू र शुभेच्छुकबाट १२ लाख सङकलन भएको समाजका सचिव लेखबहादुर केसीले बताउनुभयो । 

भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख रुपियाँ रकम विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई बर्षभित्र आर्थिक जम्मा गरेर भवन निर्माण सकिनेछ । 

तीन तलामा रहने भवनमा सातसय अट्ने सभाहल, कार्यालय भवन,व्यापारिक सटर  रहनेछन् । भवनको भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य र समाजका अध्यक्ष केसीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।  

भवनको शिलान्यास गरिँदै । तस्विरः अर्जुन काफ्ले