कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
सडकमार्गबाट पृथ्वीचोक बसपार्क झर्नेबित्तिकै पर्यटकलाई थाहा भइहाल्छ, पोखराको विकास योजनाबद्ध छैन । राजमार्गसँगै जोडिएको बसपार्क एकातिर कच्ची छ भने अर्कातिर छेउछाउमा टिनका प्रशस्तै छाप्रा छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरू संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।
अर्घाखाँचीमा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय पक्की घर निर्माण हुन थालेपछि पुराना र खरले छाएका घरहरू विस्थापित हुन थालेका छन् ।
तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।
चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् ।
बागमती प्रदेश सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकार बनेको झन्डै दुई महिनापछि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।
नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) पास भई ऐनमा परिणत भएकोमा सुर्खेतका सरोकारवालालाई पीडितमैत्री बनेकोमा सन्तोष व्यक्त गरेका छन् । उनीहरूले अब उक्त ऐन कार्यान्वयनमा ल्याउनका लागि ढिलाइ हुने सङ्केत देखिएको हुँदा निगरानीको खाँचोसमेत रहेको औँल्याएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।