नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
नवलपुरका किसानहरू सामूहिक आलु खेतीमा आकर्षित भएका छन् । समूहका किसानहरू यतिबेला आलुलगायतमा व्यस्त छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकामा गत महिनाको असार र साउन महिनामा अत्यधिक मात्रामा परेको अविरल वर्षाले गाउँपालिकामा धेरै क्षति पुगेपछि गाउँपालिकाले सडक वरपर पहिरो रोक्न वृक्षरोपण गर्न थालेको छ ।
छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगन्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ ।
गोरखाको शहिदलखन गाउँपालिका–४ ठेउवाटारमा एक युवतीको शव फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारका लागि ब्रेन डेथ प्रक्रियाको सुरुवात गर्ने योजना भइरहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवम् नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
पर्यटकीय स्थल लब्रेकुटीमा एथलेटिक्स सङ्घ पाँचथरले आयोजना गरेको ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ को उपाधि पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ सुमित्राकुमारी चौधरीले जित्नुभएको छ ।
नेपालले अहिले अभ्यास गरिरहेको राजनीतिक प्रणाली प्रजातान्त्रिक हिसाबले सबैभन्दा उच्चतम व्यवस्था हो । हामीले यसलाई उत्कृष्ट व्यवस्थाका रुपमा आत्मसात गरिरहेका छौँ । तथापि, व्यवस्था आफैँले केही गर्ने होइन, सञ्चालनकर्ताका क्रियाकलापका आधारमा निर्धारण हुन्छ ।
नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।
स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।