उहाँ अजरबैजथानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताउनुभएको छ ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।
कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो २ बजेट ३० मिनेटतिर राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ र ३ मा सुन्दर झरना रहेका छन् । प्रचार–प्रसार अभावका कारण पर्यटकको नजरमा नपरेका यी झरना मनमोहक छन् ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले लिफ्ट खानेपानी आयोजनाको एक करोड छ लाख २७ हजार १६२ रुपियाँ महसुल अनुदान दिएको छ ।
पूर्वमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ।
मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । उपाधिका लागि निस्दी र मणिमुकुन्द भलिबल क्लबबिच भएका प्रतिस्पर्धामा निस्दीले मणिमुकुन्दलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।
नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।