राष्ट्रपति रामचन्द्र पौडेलको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ ।
नेपालका १६ औँ विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले पिताको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो।
जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते हुनु भएको छ ।
कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर ३ राडुकाब्रो खोलामा भएको बोलेरो दुर्घटनामा घाइते सात जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। दुर्घटनामा घाइते भएका १३ जनामध्ये सात जनालाई हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।
पाल्पा जेसिसको आयोजनामा भएको कार्यक्रममा व्यक्तिगत आक्षेप लगाउने र समाज भाँड्ने किसिमका अभिव्यक्ति दिएको भन्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र त्रिभुवन बहुमुखी क्याम्पस प्राध्यापक इकाई समितिले ध्यानाकर्षण गराएको छ ।
हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आरोप लगाउनुभएको छ ।
उहाँ अजरबैजथानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताउनुभएको छ ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।