नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ।
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गर्नुभएको छ।
दोलखा जिल्ला गौरिशंकर संरक्षण क्षेत्र अन्तर्गत रोलवालिङ उपत्यकामा ४५८० मिटरको उचाईमा रहेको च्छो रोल्पा हिमतालको मनोरम दृश्य ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी अपचलनका दोषीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशस्थल फले र घुन्सामा फलेको स्याउ पर्यटकलाई चखाउन थालिएको छ।
धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत् भुक्तानी गर्न थालेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किरात धार्मिकस्थलका रुपमा रहेको माङसेबुसङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।
युवा पुस्ताले चासो नदिँदा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवालाई समेत समेटेर यसको संरक्षणमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्म जयन्ती इलाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । महागुरु फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ ।
स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई १२ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिने भएको छ ।
अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।