• १८ पुस २०८१, बिहिबार

चीनका लागि ओली र अमेरिकाका लागि रेग्मी राजदूत नियुक्त

blog

प्रा.डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मी । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत नियुक्त गर्नुभएको हो । 

संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।