३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ।
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन।
छालाको गिर (भकुन्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो ।
महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ९क्याम्पस०, लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र ।
कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ ।
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ कोरिडोर निर्माणलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ ।