नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा व्यवस्था गर्ने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेस प्रदेश तथा मुलुकको अन्य ठाउँबाट बर्सेनि ठुलो सङ्ख्यामा युवाहरू रोजगारीका लागि पलायन हुने गरे पनि स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सहयोगी हुने बताउनुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावाबेसी गाउँपालिका–५ दुबेकोलस्थित तल्लोदुबेका वीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो ।
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान कार्यान्वयनमा आउँदा पनि देशभर सञ्चालनमा रहेका गैरसरकारी संस्थाहरू विभेदको सिकार भएको बताउनुभएको छ ।
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ।
होटल सङ्घ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गरेको छ। शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफल कार्यक्रममा सङ्घले उक्त माग राखेको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ।
पाँचथरको फिदिममा आयोजनामा आइतबार हुने ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला महिला तथा पुरुष हाफ म्याराथन’ को तयारी पूरा भएको छ ।
सञ्चार प्रविधि तथा सूचना मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङगाना) प्रथम हुनुभएको छ ।
महावु गाउँपालिका र भैरवी गाउँपालिकालाई जोड्ने छामघाट खोलास्थित दारेघाट मोटरेवल पक्की पुलको शनिबार शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले शिलान्यास गर्नुभएको हो।
बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ ।