• १२ पुस २०८१, शुक्रबार

लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको तयारी

blog

सम्मेलनमा जानकारी दिइयो । हाफ म्याराथनको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, कात्तिक २४ गते । पाँचथरको फिदिममा आयोजनामा आइतबार हुने ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला महिला तथा पुरुष हाफ म्याराथन’ को तयारी पूरा भएको छ ।

एथलेटिक्स सङ्घ पाँचथरले नेपालका १६औँ विभूति तथा किरात धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्म जयन्तीका अवसरमा २१ किलोमिटर दुरीको हाफ म्याराथन आयोजना गर्न लागेको हो ।

म्याराथन फाल्गुनन्दको कर्मथलो मानिएको लब्रेकुटीदेखि कान्छी दोकान,पौवा भन्ज्याङ, ध्वजे डाँडाबाट फर्के लब्रेकुटीमै टुङ्ग्याइने आयोजक एथलेटिक्स सङ्घ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापोले बताउनुभयो ।

उहाँका अनुसार महिला तर्फ भने ५ किलो मिटर मात्रै दुरी तोकिएको छ । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने फिदिममा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।