• ७ मंसिर २०८१, शुक्रबार

गैससहरु विभेदको सिकार छन् : अध्यक्ष सुवेदी

blog

गैसस इलामको नयाँ कार्य समिति । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक २४ गते । गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान कार्यान्वयनमा आउँदा पनि देशभर सञ्चालनमा रहेका गैरसरकारी संस्थाहरू विभेदको सिकार भएको बताउनुभएको छ ।  

आज इलाममा आयोजित गैसस इलामको अधिवेशनलाई  सम्बोधन गर्दै अध्यक्ष सुवेदीले संविधानको धारा १७ को ‘ग’ मा राजनीतिक दल खोल्ने अधिकार र धारा १७ कै ‘घ’ मा सङ्घ संस्था खोल्ने अधिकार भए पनि गैससलाई अधिकार नदिएको बताउनुभयो ।

‘गैससलाई अझै लोकतन्त्र आएको छैन । अहिले सङ्घ संस्था दर्ता ऐन २०३४ अन्तर्गत चल्नुपरेको छ । परिवर्तन हुन सकेको छैन । यसको मूख्यकारण स्थायी सरकार नहुनु नै हो’ सुवेदीले भन्नुभयो, ‘सरकारको ध्यानाकर्षण गराइ रहेका छौँ । सङ्घ संस्थासम्बन्धी सामाजिक ऐन संसदमा अहिलेसम्म टेबल हुनु सकेको छैन । ६ हजार बढी संस्थाप्रति सरकारको ध्यानाकर्षण हुनुपर्छ ।’  

अध्यक्ष सुवेदीले नीति निर्माणमा गैससले भूमिका खेल्नुपर्ने बताउनुभयो । आज सम्पन्न गैसस इलामको अधिवेशनले अध्यक्षमा भक्त थामीलाई चयन गरेको छ । यस्तै, उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा मनकुमार बराइली, सहसचिवमा कमला राया घिमिरे र कोषाध्यक्षमा शङ्कर आचार्य चयन हुनुभएको छ । 

यस्तै, सदस्यहरूमा दीपा आचार्य ढकाल, नेत्रप्रसाद लुइँटेल, शारदा उप्रेती, नानुका खत्री चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा चेतना नाट्य समूह इलामलाई सम्मान गरिएको थियो ।