त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ ।
नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्तामा एक दिन मात्र उडान गर्ने भएको छ । यहाँ बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दैआएको निगमले अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल काम गरेको भन्दै विभिन्न चार वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको सो कार्यालयले जनाएको छ ।
पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहनुभएको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ ।
नेपालका १६ औँ विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले पिताको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो।
जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते हुनु भएको छ ।
कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर ३ राडुकाब्रो खोलामा भएको बोलेरो दुर्घटनामा घाइते सात जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। दुर्घटनामा घाइते भएका १३ जनामध्ये सात जनालाई हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् ।