सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।
अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।
होली पर्वको अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दैआएको दुई दिवसीय होली महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ ।
ताप्लेजुङस्थित पारिवारिक निजी वन सङ्घ नेपालको अध्यक्ष पुनः इन्द्रबहादुर गुरुङ चयन हुनु भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नेकपा (एमाले) ले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।
रङ्गहरूको पर्व होली आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व खतरनाक हुने भएकाले त्यस्तो गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।
सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप) का समर्थकहरूले आइतबार प्रदर्शन गरेका छन् ।
कालीकोटको तिलागुफा नगरपालिकामा स्थानीय समूहको आयआर्जन वृद्धिका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।
आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भएको छ ।
नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।