• ७ मंसिर २०८१, शुक्रबार

थाइल्यान्डलाई नेपालले दियो एक सय ४० रनको लक्ष्य

blog

ब्याटिङका लागि मैदान प्रवेश गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक २५ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ । 

युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो । नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन बनाउनुभयो । 

यस्तै सावित्री धामीले २८ र सोनी पाख्रीनले १९ रन बनाउनुभयो । बलिङमा थाइल्यान्डकी नाथारिका थोकाईले तीन विकेट लिनुभयो । केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवान्चोराथीले एक विकेट लिनुभयो ।