• ७ मंसिर २०८१, शुक्रबार

जेसिस कार्यक्रमप्रति क्याम्पसको ध्यानाकर्षण

blog

बिन्दु थापा 

पाल्पा, कात्तिक २५ गते । पाल्पा जेसिसको आयोजनामा भएको कार्यक्रममा व्यक्तिगत आक्षेप लगाउने र समाज भाँड्ने किसिमका अभिव्यक्ति दिएको भन्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र त्रिभुवन बहुमुखी क्याम्पस प्राध्यापक इकाई समितिले ध्यानाकर्षण गराएको छ ।

पाल्पा जेसिसले गत शुक्रबार पाल्पाको ऐतिहासिक दरबार परिसरमा युवाको प्रश्न नेतृत्वसँग विषयक बहस कार्यक्रममा त्यस्तो आपेक्षिक लगाएको बताइएको छ ।

आयोजकले कार्यक्रमको उचित व्यवस्थापन गर्न नसकेकाले गैर जिम्मेवार  अभिव्यक्ति आएकोप्रति आयोजकलाई सचेत गराएको हो । 

क्याम्पस प्रमुख टङ्कप्रसाद भट्टराईका अनुसार युवाको प्रश्न भनेर कार्यक्रम राखेर ६० कटेकालाई समेत अनावश्यक प्रश्न गर्न दिनु आयोजकको ठुलो कमजोरी भएको छ । पूर्व क्याम्पस प्रमुख तथा सहप्राध्यापक जीवनबहादुर थापाप्रति लगाइएको आरोप पूर्वाग्रही, कपोकल्पित र भ्रामक रहेको क्याम्पस पदाधिकारीको भनाइ छ ।

प्राध्यापक इकाई समितिका अध्यक्ष खिमबहादुर रानाले आगामी दिनमा कार्यक्रम आयोजना गर्दा आयोजक गम्भीर हुनुपर्ने बताउनुभयो । क्याम्पसका शिक्षण सहायक गिरबहादुर बगालेले जुन व्यक्तिले जीवनभर त्रिभुवन बहुमुखी क्याम्पसको प्रगतिका लागि आफ्नो अमूल्य जीवन समर्पित गरेको व्यक्तिलाई कपोलकल्पित आरोप लगाएर क्याम्पसको बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो ।