• २८ पुस २०८१, आइतबार

दुई पालिका जोड्ने दारेघाटमा मोटरेवल पुलको शिलान्यास

blog

शिलान्यास गर्नुहुँदै प्रतिनिधि सभा सांसद सीताकुमारी राना, कार्यवाहक अध्यक्ष मन्जुकुमारी पाण्डेलगायत।

बिशाल सुनार

दुल्लु, कात्तिक २४ गते। महावु गाउँपालिका र भैरवी गाउँपालिकालाई जोड्ने छामघाट खोलास्थित दारेघाट मोटरेवल पक्की पुलको शनिबार शिलान्यास गरिएको छ।  प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले शिलान्यास गर्नुभएको हो। 

शिलान्यास गर्दै सीताकुमारी रानाले पक्की पुल महावु समृद्धिको खुड्किलो हुने बताउनुभयो। पुलले यातायात आवागमनमा सहजता मात्र नभए उत्पादनले बजार पाउने, आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्ने उहाँको भनाइ छ।

गाउँपालिका कार्यबहाक अध्यक्ष रहनुभएको उपाध्यक्ष मन्जुकुमारी पाण्डेले पुल नहुँदाको सस्ती अब सकिएको बताउनुभयो। संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेत र आर विस कन्ट्रक्सन बिच आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ। ५० मिटर लम्बाई र डवल लेनको चौडाई रहेको पक्की पुलको लागत पाँच करोड ४३ लाख ३७ हजार ९२५ रहेको छ।  

पक्की पुलले दुई पालिका मात्र होइन दुई निर्वाचन क्षेत्रलालाई जोड्ने छ। छामघाट खोलामाथि निर्माण हुने पुलले महावु गाउँपालिकाको बाँसी, गैडाबाझ, गिताचौर, कासिकाध, सुवाकोट गरेर चार वटा वडा र भैरवी गाउँपालिकाको ६ र ७ वडा लाभान्वित हुनेछन्।