सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँ दुरे नाँच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरू जुट्न थालेका हुन् ।
कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ ।
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।
गौमुखी गाउँपालिका–६, लिवाङ निवासी ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो ।
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ ।
सुर्खेतको लेकबेँसी नगरपालिका–९, गँगटेकी सीताकुमारी खाम्चाले दुध बेचेरै अहिले मासिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने गर्नुभएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरिएको छ ।
पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो ।
कञ्चनपुर, कात्तिक २६ गते । शुक्लाफाँटा नगरपालिका १२ का किसान खेतमा गहुँ छर्न गाईवस्तुको मलमूत्र, घाँसपातबाट तयार गरिएको गोठेमल छर्दै । तस्बिरः रासस
जैविक विविधता तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा अचेल आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ ।
आगामी मङ्सिर १६ गते हुने गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले निर्वाचनकेन्द्रित प्रचारप्रसार थालेका छन् ।
कञ्चनपुर, कात्तिक २६ गते । कृष्णपुर नगरपालिका–२ बाणीस्थित वन क्षेत्रमा रहेको ठेउवा चरा । तराई क्षेत्रमा जताततै पाईने यो चरा लापोन्मुख अवस्थमा रहेको छ । तस्बिरः रासस