राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेट भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ ।
प्रथम नेपाल हब महिला टी–२० क्रिकेटको अन्तिम खेल पाहुना टोली राजविराजले जितेको छ।
आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित हुनुहुन्छ । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भन्नुभयो, “हामी मान्छे त गन्दैनौँ, तर हाम्रो सङ्ख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।”
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।
स्पेनमा भएको एफआएए मोटर स्पोर्ट्स गेम्समा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस शाखा दैलेखले नियमित रूपमा २०४७ सालदेखि सामुदायिक आँखा उपचार केन्द्रमार्फत आँखा र कानको स्वास्थ्य उपचार सेवासँगै दैविक विपद् पछिको उद्धार र प्रतिकार्यको काम नियमित गर्दै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार अजरबैजानको बाकु आइपुग्नु भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज यहाँ आइपुग्नुभएको हो ।
पोखरीमा फल्ने सिँगडा रुपन्देहीमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–११ स्थित घोडसुवामा आज बेवारिसे शव फेला परेको छ ।
निर्वाचन आयोगले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।
सोमाबार जाजरकोटमा फोर्स र बोलेरो जिप दुर्घटनाका नौ जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।