करेन्ट लागेर गम्भीर घाइते कैलालीमा एक महिलाको उपचारको क्रममा आज ज्यान गएको छ । गोदावरी नगरपालिका –१ बसन्तपुरकी ३८ वर्षीया जागुदेवी बोहराको ज्यान गएको हो ।
लाल आयोगको प्रतिवेदन : काटिएका उद्योगको बिजुली जोडिने
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुको काटिएको विद्युत लाइन नजोडिएको विषयलाई हेर्दै जाने बताउनु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ ।
प्रथम काठमाडौँ महानगरपालिका उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिताको खुला तौल समूहमा पुरुषतर्फ दिनेश बम र महिलातर्फ अञ्जना बुढाथोकी च्याम्पियन बन्नुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिका-११ मा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताउनुभएको छ ।
जिल्लाको रामपुर नगरपालिकाले नगरक्षेत्रभित्र भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढ लाख पर्यटक भित्रिएका छन् ।
ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।