• ८ मंसिर २०८१, शनिबार

कुलोमा डुबेर बालकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, कात्तिक २६ गते । हेटौँडा उपमहानगरपालिका-११ मा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

हेटौँडा ११ थानाभर्‍याङस्थित सागरपथका पाँच वर्षीय बिहान थोकरको कुलोमा डुबेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

घर नजिकै रहेको पानीको कुलोमा डुबेर बिरामी भएपछि तत्काल उपचारको लागि हेटौँडा अस्पताल लगेकोमा उपचारको क्रममा डाक्टरले आइतबार दिउँसो मृत घोषणा गरेको र बालकको शव निजको बुबा विजय थोकरले बुझेर लगेका प्रहरीको भनाई छ ।