बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ ।
दाङ स्थित घोराहीमा सञ्चालित लुम्बिनी फुटबल एकेडेमीको यू–१६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ ।
प्रहरीले विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गापा ४ घर भई हाल काठमाडाैँ १५ बस्ने २९ वर्षीया जुनु राना थापा मगरलाई पक्राउ गरेको छ । उनले स्लोभाकिया पठाइ दिने भन्दै पीडितबाट तीन लाख १० हजार ठगी गरेको जनाएको छ ।
व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ (इयु) का शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।
चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सोमबार जित निकालेका छन् ।
अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य म अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।
कैलाली कारागारमा कैदको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
केदारमान स्थापितले १२औँ विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।
बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको छ ।
फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदैगरेको मे १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारार्थ ल्याइएको छ ।
बीपी राजमार्गअन्तर्गत सिन्धुली-बर्दिवास खण्डमा पर्ने सिन्धुली चियाबारी क्षेत्रको सुन्दर दृश्य ।
मध्य राति अर्काको घरमा पसेर १२ लाख रुपियाँ चोरी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले कास्कीको माछापुच्छरे गाउँपालिका –९ का २३ वर्षीय ओमबहादुर भुजेललाई आइतबार राति साढे १० बजे पोखरा –६, डिहिकोपाटनबाट पक्राउ गरेको हो ।