• ६ साउन २०८२, मङ्गलबार

यु–१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी

blog

बल अगाडि बढाउँदै फ्रेन्ड्सका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन ५ गते । चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सोमबार जित निकालेका छन् ।

एन्फा मैदान सातदोवाटोमा भएको खेलमा चर्च ब्वाइजले श्री भगवती क्लबलाई ४–२ गोलले हरायो । चर्च ब्वाइजको यो लिगमा तेस्रो जित हो ।

यस्तै अर्को खेलमा फ्रेन्ड्स क्लबले एनआरटी क्लबलाई ३–१ गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।