सन्तोष दहित
दाङ, साउन ५ गते । दाङ स्थित घोराहीमा सञ्चालित लुम्बिनी फुटबल एकेडेमीको यू–१६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ ।
युरोपियन फुटबल महासङ्घको मान्यता प्राप्त डाना कपका लागि एकेडेमीका खेलाडी डेनमार्क पुगेको लुम्बिनी फुटबल एकेडेमीको प्रमुख समिर वलीले जानकारी दिनुभयो । उहाँकाअनुसार डेनमार्कमा लुम्बिनी फुटबल एकेडेमी टिमले मङ्गलबारदेखि हुने खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
डेनमार्क प्रस्थान गर्नुअघि लुम्बिनी फुटबल एकेडेमीका टिमलाई च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले खदा लगाएर बिदाइ तथा शुभकामना दिनुभएको थियो ।
लुम्बिनी फुटबल एकेडेमीका प्रमुख वली ब्यक्तिगत लगानीमा सञ्चालन घोराहीमा फुटबलको प्रशिक्षण दिइदै आएको छ ।