गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर उत्पन्न विवादले झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएकोछ ।
इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढीको उद्धार गरिएको छ ।
महोत्तरीको महोत्तरी गाउँँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । एमाले सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेको एमाले पार्टीको विधान मस्यौदाबारेमा केन्द्रीय सदस्यहरुले सुझावसहितको धारणा राख्नेक्रम जारी छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको वताउनुभएको छ ।
पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तिमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।
गोरखाका चार पालिकामा एक लाख अलैँचीको बिरुवा निःशुल्क वितरण गरिएको छ ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका ।
पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आइतबार बिहानैदेखि अवरुद्ध भएको उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन जोमसोम–कागबेनी हुँदै–कोरला सडकमार्ग मर्मतपछि सुचारु भएको छ ।
साउन महिनाको पहिलो सोमबार धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा पूजा गर्न भक्तजनहरुको भीड छ । साउन महिनामा शिव मन्दिरमा गाई पूजा गर्नाले मनोकांक्षा पूरा हुने हिन्दु धर्मावलम्बिहरुमा विश्वास छ ।
जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढी । जसलाई वीरता, रणनीति, स्वाभिमान र नेपाली अस्तित्वको प्रतीकका रूपमा लिइने गरिन्छ । यही गढीको माटोमा पहिलोपटक अङ्ग्रेज साम्राज्य झुकेको थियो र यहीँबाट नेपाली गौरवको आवाज विश्वभर गुन्जिएको थियो ।
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा १२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तीर्थालुको सङ्ख्या बढेको छ । साउन महिना सुरु भएसँगै बोलबमका लागि तिर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको छ ।